Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदपूर्तिका लागि प्रतिस्पर्धा आह्वान


काठमाडौं । सरकारले मधुसुधन अधिकारी ४ वर्षिय कार्यकाल पूरा गरी विदा भएपछि रिक्त वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन मागेको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले केन्द्रको रिक्त कार्यकारी निर्देशकको पदपूर्तिका लागि आइतबार खुल्ला प्रतिस्पर्धा आह्वान गरी आवेदन मागेको हो ।

मन्त्रालयले वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ मा भएको व्यवस्था बमोजिम सार्वजनिक सूचना जारी गरी एइपिसीको कार्यकारी निर्देशक पदका लागि खुल्ला प्रतिस्पर्धा आह्वान गरेको छ । मन्त्रालयका अनुसार कार्यकारी निर्देशक पदका लागि योग्यता पुगेका व्यक्तिले प्रतिस्पर्धा आह्वान भएको मितिले अबको १५ दिनभित्र प्रशासन शाखामा प्राप्त हुने गरी आवेदन पेश गर्नुपर्नेछ ।

एइपिसीको कार्यकारी निर्देशक पदमा आवेदनका लागि योग्य हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर तहसम्मको उच्च शिक्षा हासिल भएको हुनुपर्ने सूचनामा जनाइएको छ । साथै, आवेदकमा नवीकरणीय तथा वैकल्पिक ऊर्जाको क्षेत्रमा एक दशक काम गरेको कार्यानुभव हुनुपर्नेछ ।

आवेदकले आवेदनका साथमा वैकल्पिक ऊर्जाको क्षेत्रमा नेपालको वर्तमान अवस्था, यो क्षेत्रमा देखिएका चुनौती तथा रणनीतिक विषयमा आफ्नो ४ वर्षिय कार्य योजना २ हजार शब्दमा नबढाई पेश गर्न समेत भनिएको छ । आवेदक अहिले कुनै संस्थामा कार्यरत रहेको भएमा सम्बन्धित संस्थाको सहमतिपत्र पनि बुझाउनु पर्नेछ ।

खुल्ला प्रतिस्पर्धाबाट एइपिसीको नेतृत्वमा आएका कार्यकारी निर्देशक अधिकारी ४ वर्षिय कार्यकाल पूरा गरी गत माघ २२ गते अवकास भएदेखि यो पद रिक्त छ । अहिले नवराज ढकाललाई कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । २०७५ साल माघ २३ गते एइपिसीकाे कार्यकारी निर्देशककाे पदभार ग्रहण गरेका थिए ।


Read Previous

काठमाडौं महानगरपालिकाले ५ वर्षपछि पुनः प्रयोगमा ल्याउदै बायोग्यास प्लान्ट

Read Next

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

Leave a Reply

Your email address will not be published.