Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदपूर्तिका लागि प्रतिस्पर्धा आह्वान


काठमाडौं । सरकारले मधुसुधन अधिकारी ४ वर्षिय कार्यकाल पूरा गरी विदा भएपछि रिक्त वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन मागेको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले केन्द्रको रिक्त कार्यकारी निर्देशकको पदपूर्तिका लागि आइतबार खुल्ला प्रतिस्पर्धा आह्वान गरी आवेदन मागेको हो ।

मन्त्रालयले वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ मा भएको व्यवस्था बमोजिम सार्वजनिक सूचना जारी गरी एइपिसीको कार्यकारी निर्देशक पदका लागि खुल्ला प्रतिस्पर्धा आह्वान गरेको छ । मन्त्रालयका अनुसार कार्यकारी निर्देशक पदका लागि योग्यता पुगेका व्यक्तिले प्रतिस्पर्धा आह्वान भएको मितिले अबको १५ दिनभित्र प्रशासन शाखामा प्राप्त हुने गरी आवेदन पेश गर्नुपर्नेछ ।

एइपिसीको कार्यकारी निर्देशक पदमा आवेदनका लागि योग्य हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर तहसम्मको उच्च शिक्षा हासिल भएको हुनुपर्ने सूचनामा जनाइएको छ । साथै, आवेदकमा नवीकरणीय तथा वैकल्पिक ऊर्जाको क्षेत्रमा एक दशक काम गरेको कार्यानुभव हुनुपर्नेछ ।

आवेदकले आवेदनका साथमा वैकल्पिक ऊर्जाको क्षेत्रमा नेपालको वर्तमान अवस्था, यो क्षेत्रमा देखिएका चुनौती तथा रणनीतिक विषयमा आफ्नो ४ वर्षिय कार्य योजना २ हजार शब्दमा नबढाई पेश गर्न समेत भनिएको छ । आवेदक अहिले कुनै संस्थामा कार्यरत रहेको भएमा सम्बन्धित संस्थाको सहमतिपत्र पनि बुझाउनु पर्नेछ ।

खुल्ला प्रतिस्पर्धाबाट एइपिसीको नेतृत्वमा आएका कार्यकारी निर्देशक अधिकारी ४ वर्षिय कार्यकाल पूरा गरी गत माघ २२ गते अवकास भएदेखि यो पद रिक्त छ । अहिले नवराज ढकाललाई कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । २०७५ साल माघ २३ गते एइपिसीकाे कार्यकारी निर्देशककाे पदभार ग्रहण गरेका थिए ।


Read Previous

काठमाडौं महानगरपालिकाले ५ वर्षपछि पुनः प्रयोगमा ल्याउदै बायोग्यास प्लान्ट

Read Next

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

Leave a Reply

Your email address will not be published.