Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास हुँदैन : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ प्रधानमन्त्री दाहालले भने।

वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भइसकेको चर्चा गर्दै उनले भने, ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’ विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री दाहालले विद्यमान ऐन कानुनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उक्त केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर हुनेगरी नेपालको निर्माण गर्न सकिने अनुभव सुनाउँदै प्रमुख पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए। छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति थियो।


Read Previous

काम नगर्ने ९ निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

Read Next

सौर्यको जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *