Nepal Purbadhar

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको जानकारी दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले उक्त प्रावधान ल्याउने तयारीबारे जानकारी दिएका हुन्।

सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताएका हुन्।

उनले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए। पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत् कडाइ गर्ने तयारी भइरहेको उनको भनाइ छ।

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उनले बताए । वित्तीय साक्षरताको कमीलेसमेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको उनको भनाइ छ ।

नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे।

उनले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम न लाग्ने बताए। कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई उनले आग्रह गरे।

त्यस्तै माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताए। उनले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरू बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए।

Facebook Comments

Read Previous

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

Read Next

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar