Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

जलजला गाउँपालिकामा एकै साथ ६ वडा कार्यालय भवन निर्माण गरिँदै


म्याग्दी । जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ। संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो। वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिए।

‘सबै भवन एक तला र चार कोठाका हुनेछन्,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्कामार्फत काम सुरु भएको छ।’ बाँसखर्क, फट्केढुंगा, लेकफाँट, शालिजा, धाइरिङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो।

कूल चार करोड ३३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बागलुङले तीन करोड २६ लाख सात हजार पाँच सय ५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। विसं २०७९ पुस १२ गते ठेक्का सम्झौता भएको भवन निर्माणकार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य छ। गाउँपालिकाका कार्यबाहक अध्यक्ष दीपक आचार्यले निर्माण कम्पनीले निर्माणस्थलमा जग्गा सम्याएर संरचना बनाउन थालेको बताए।

‘अघिल्लो वर्ष सुरु भएको वडा नं २ र ८ को कार्यालय भवन निर्माणकार्य पनि यसैवर्ष सकिँदैछ, वडा नं ३ को आफ्नै भवन छ,’ उनले भने, ‘छ वटा नयाँ भवन बनाएपछि हाम्रो पालिकाको नौ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन्।’ हाल सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ ।

नयाँ भवनमा वडाध्यक्ष, सचिव, जनप्रतिनिधिको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३औँ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन तीस लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययनसम्बन्धी कार्यदल गठन भएको छ। समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने योजना रहेको छ। लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ।


Read Previous

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री

Read Next

विद्युत विधेयक संसदमा लैजाने तयारी भइरहेको छ : ऊर्जा राज्यमन्त्री सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *