Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त


काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन्। सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन्।

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ। उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन्।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । शेरचन प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन्। आगामी माघ १८ देखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्।


Read Previous

मध्यपहाडी लोकमार्गको पातिहाल्ने-लुकुम खण्डको काम अलपत्र

Read Next

अरुण तेस्रो जलविद्युत : साकेलामा मुआब्जा वितरण सुरु

Leave a Reply

Your email address will not be published.