Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाकाे रक्षा मन्त्रीले गरे स्थलगत अवलाेकन (फाेटाेफिचर)


रक्षामन्त्री हरि प्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले बुधबार  निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणमा उनीहरुले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार सुरुङ्ग मार्गको इन्लेट, लेनडाँडा सुरुङ्ग मार्गको आउटलेट तथा उक्त आयोजना अन्तर्गत निर्माणाधिन सडक तथा पुलहरुको निरीक्षण गरे ।

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरे । साथै, उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गरे ।

मन्त्रीले उच्च मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्‍न गर्न निर्देशन समेत दिए । भ्रमणदलमा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी, रक्षा मन्त्रालयका सह-सचिव  बाबुराम अधिकारी लगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

फाेटाः नेपाली सेना

 


Read Previous

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

Read Next

भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री पौडेल

Leave a Reply

Your email address will not be published.