Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र शान्ती टोल फुलेलीमा डिप ट्युबवेल गाड्ने कार्य सुरु गरेको छ। उपभोक्ता समिति गठन गरी योजना निर्माणका कार्य अगाडि बढाइएका छन्।

वडाध्यक्ष बहादुरसिंह महराका अनुसार मणिकाधाममा र फुलेलीमा एक/एक करोड रुपैयाँको लागतमा योजना निर्माणको काम भइरहेको छ। दुवै योजना निर्माणबाट आठ सय परिवार लाभान्वित हुने उनले बताए। ‘दुवै योजनाबाट एक सय २० हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध हुने छ,’ उनले भने, ‘चुरे फेदीका गाउँमा सिँचाइ सुविधा पुग्न थालेकाले कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ, सिँचाइकै अभावमा कृषि उत्पादन निकै कम हुने गरेको थियो, ट्युबवेल जडान भएर किसानका खेतमा सिँचाइ सुविधा पुगेपछि उत्पादन वृद्धिसँगै किसानको आर्थिक अवस्थामा सुधार हुन्छ ।’

स्थानीय किसान वीरबहादुर चौधरीले डिप ट्यबुवेल जडानसँगै व्यावसायिकरुपमा तरकारीखेती गर्ने सपना साकार हुन लागेको बताए। उनले सिँचाइको अभावमा खेतबारीमा लगाइएको बालीको उत्पादन चाहेअनुसारको लिन नपाएको बताए। ‘सिँचाइ सुविधा पुग्न थालेपछि निकै खुसी भएका छौँ,’ उनले भने, ‘तरकारीखेती गर्ने सोच छ, त्यसका लागि आवश्यक तयारी गरेका छौँ, खेतमा पानी पुगेपछि व्यावसायिक भएर कार्य गर्छौँ।’


Read Previous

रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

Read Next

निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाकाे रक्षा मन्त्रीले गरे स्थलगत अवलाेकन (फाेटाेफिचर)

Leave a Reply

Your email address will not be published.