Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

इलाममा सिसाको पुलसहितको साइकल ट्रयाक निर्माण कार्यको थालनी


फिक्कल । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ। पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल निर्माणको थालनी गरेको छ।

नगरप्रमुख रणबहादुर राईले मंगलबार उक्त आयोजनाको शिलान्यास गरे। उनले भने, ‘नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त सिसाको पुलको निर्माण सुरु गरेका छौँ।’ राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए। उनका अनुसार दीर्घकालीन आयआर्जनको स्रोत पर्यटन हो।

सिसाको पुलसहितको साइकल ट्र्याक निर्माणले यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने विश्वास राखिएको छ। प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्षभित्रमा यी आयोजनाको काम सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए।

उनका अनुसार सो आयोजनाका लागि नगरपालिका र प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोषको गरी रु सात करोड ९३ लाख ६४ हजार लागत रहेको छ। आगामी २०८१ माघमा काम सम्पन्न गर्ने गरी बिएस कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर काम सुरु गरेको हो। अत्याधुनिक शैलीमा निर्माण गरिने उक्त सिसाको पुल देशकै लामो भएको नगरपालिकाले दाबी गरेको छ। एक सय ५० मिटर लामो उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका विभिन्न भूभागको अवलोकन गर्न पाउनेछन्।

यस्तै नगरपालिका र प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजार रुपैयाँको लागतमा २०७९ असार मसान्तसम्ममा सक्ने गरी १३ दशमलव पाँच किलोमिटर साइकल ट्र्याक निर्माणका लागि राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरपालिकाले जनाएको छ।

पुल र साइकल ट्र्याक सञ्चालनमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन्। पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। सूर्योदय–६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय–११ को पूर्णेडाँडासम्म साइकल ट्र्याक निर्माण हुनेछ। नगरप्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्र्याक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताए।

परियोजनाअन्तर्गत सूर्योदय–६ को कन्याममा ५९ लाख ८३ हजार रुपैयाँको लागतमा साझा सुविधा केन्द्र निर्माण गरिनेछ। जहाँ ताजा सागसब्जी र तरकारीको संकलन र बिक्री केन्द्र रहनेछ। यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सिङ गुम्बाको मर्मत गरिनेछ। परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ। उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ। उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अग्र्यानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारीसम्बन्धी र जैविक मल उत्पादनसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरिसकेको छ।


Read Previous

३० वर्षकाे विद्युत माग प्रक्षेपण गरी तारकेश्वरमा उच्च क्षमताको सबस्टेसन निर्माण गरिँदै

Read Next

कालीगण्डकी नदीमा पुल निर्माण

Leave a Reply

Your email address will not be published.