Nepal Purbadhar

सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागले २७.९ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।

आयोजना सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दुधकोसी गाउँपालिका–७ मा पर्ने इन्खुखोलामा प्रस्ताव गरिएको छ।

सोताङ गाउँपालिकाको चेपेल गाउँ र माप्य दुधकोसी गाउँपालिका–७ को कार्यालयमा माघ ७ गते सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइएं)मा सार्वजनिक सुनुवाइ गर्न लागिएको छ।

वन तथा वातावरण मन्त्रालयले आयोजनाको इआइएको क्षेत्र निर्धारण तथा कार्यसूची प्रतिवेदन स्वीकृत गरिसकेको छ।


Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

Read Next

नारायणी नदीमा ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण गर्दै भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar