Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

दैनिक ८ घन्टा विद्युत कतौटीले मारमा पर्यौंः उद्योगी व्यवसायी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीबाट दैनिक ८ घन्टा विद्युत कटौती हुँदा मारमा परेको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ (प्रदेश–१) र मोरङ व्यापार संघमा आबद्ध उद्योगी व्यवसायीहरूले अहिले भइरहेको लोडसेडिङले मरणासन्न अवस्थामा पुगेको दुखेसो पोखेका हुन् ।

अहिले विद्युत आपूर्ति हुँदा पनि दैनिक १५ पटकसम्म ट्रिपिङ हुने तथा ८ घन्टासम्म विद्युत कटौती हुने गरेको प्रदेश–१ का उद्योग व्यवसायी आबद्ध ३ वटै संगठनले संयुक्तरूपमा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरको समाधान खोजिँदै गरेका बेला पुनः विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगहरूलाई बज्रपात थपिएको ३ वटै संगठनले प्रकाशन गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

‘पहिले वित्तीय क्षेत्र र अहिले विद्युत क्षेत्रमा समस्या आइलागेको छ । सम्बन्धित सरोकारवालाले समयमा ध्यान पुर्याउन नसकेकाले अहिले उद्योगहरू भगवान भरोसामा चल्नुपर्ने अवस्था आएको छ’ विज्ञप्तीमा भनिएको छ ।

संगठनहरूले उद्योगहरूमा अहिले भइरहेको विद्युत कटौती समस्याको समाधान तत्कालन गर्न पनि माग गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता अभावमा पनि सुधार हुने संकेत देखा परेकोमा पूर्वरूपमा स्थिर बनाउन उद्योग सञ्चालनका लागि विद्युत आपूर्ति नियमित गरिनु पर्ने जोड विज्ञप्तिमा दिइएको छ ।


Read Previous

उपत्यकाको पूर्वाधार निर्माणलाई सहज बनाउन मासिक दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको बैठक

Read Next

राज्यका निकाय जिम्मेवार नबन्दा जनताले सास्ती पाए, अब चुप बस्दैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published.