Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु


काठमाडौँ । बागमती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई फिल्मसिटीका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ।

मन्त्रालयले सम्पादन गरेको कार्य तथा उपलब्धि र आगामी कार्यदिशाबारेमा प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो। साथै मन्त्रालयले चितवनको सौराहामा पर्यटन विभागबाट निर्माण गरिएको सूचना केन्द्रबाट दिइएको जानकारीका आधारमा चितवन, मकवानपुर जिल्लाका व्यवसायीलाई सेवा प्रवाह गर्ने, वाग्मती प्रदेशको पर्यटकीयस्थलको प्रचारप्रसार गर्न छायाङ्कन गर्ने, चलचित्रलाई सूचक र मापदण्ड बनाउने कार्य अगाडि बढेको जनाएको छ।

मन्त्रालयका सचिव मदन कोइरालाबाट प्राप्त प्रतिवेदन एवम् जानकारीअनुसार मकवानपुरगढीलाई बृहत् पर्यटन विकास गरिनेछ। त्यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ। सङ्घीय सरकारको समन्वयमा साहसिक जलयात्रालाई महत्वपूर्ण नदी संरक्षण क्षेत्र घोषणा र कम्तीमा दुईवटा बृहत् पर्यटन महोत्सव गर्ने प्रतिवेदनमा उल्लेख छ।

निजी क्षेत्रको सहकार्यमा भारतीय पर्यटक लक्षित पर्यटक यातायात सञ्चालन (वीरगञ्जबाट सुरुआत गर्ने), वाग्मती प्रदेशमा रहेका लोपोन्मुख भाषा, कला र संस्कृतिको अभिलेखीकरण र संरक्षण, पर्यटकीयस्थल एवम् गतिविधिको प्रचारप्रसारमा बढोत्तरी गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। प्राप्त विवरणमा नयाँ पर्यटकीय मार्ग निर्माण गर्ने कार्य प्रारम्भ भएको, रसुवा–४ गोसाइँकुण्ड क्याङ्गजिङ्गमा हाई हिमालय नेचुरल वाल क्लाइम्बिङ ट्रेनिङ सेन्टर निर्माण कार्य सुरु गरिएको उल्लेख छ।

काठमाडौँ उपत्यकामा सम्पदा पदमार्गको निर्माण सुरु गरिएको, ‘राइनो चिल्ड्रेन पार्क’ भरतपुर चितवनमा निर्माण अगाडि बढेको, हिमाल आरोहीका लागि प्रशिक्षण केन्द्रको सम्भाव्यता अध्ययन गरिएको छ। मन्त्रालयले गरेको महत्वपूर्ण काममा प्रदेश पर्यटन ऐन, २०७८ जारी, त्यसमा पर्यटन व्यवसायी एवम् सरोकारवालाको मागलाई समेत ध्यानमा राखी हेरफेर, प्रदेश पर्यटन नीतिको मस्यौदा तयार र छलफल, प्रदेश पर्यटन नियमावली २०७९ को मस्यौदा तयार भइरहेको उल्लेख गरिएको छ।

पर्यटकीय तारे होटल, लज, रिसोर्ट, पब, लाउन्ज, होमस्टेको वर्गीकरण गरी स्तर निर्धारण समिति गठन गरी प्रतिवेदन प्राप्त भइसकेको र आन्तरिक पर्यटनलाई चलायमान बनाउन घुमफिर वर्ष चितवनको सौराहाबाट प्रारम्भ गरेको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले इको टुरिज्मको विकास, कम्तीमा एउटा पर्यटन र धार्मिक पर्यटनको गौरवका आयोजना सञ्चालन गर्ने, पर्यटकीय पूर्वाधार पुग्नका लागि पहुँच मार्ग निमार्णको स्तरोन्नति गर्ने कार्य आगामी योजनामा राखिएको बताइएको छ। वसन्तपुर, स्वयम्भू, पाटन, भक्तपुर लगायतका स्थानमा निजी क्षेत्रको सहकार्यमा ठूला पर्यटकीय पूर्वाधारको निर्माण गर्ने योजना छ । रासस


Read Previous

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

Read Next

तनहुँको घिरिङ सबस्टेसन निर्माणपछि विद्युत् आपूर्ति भरपर्दो

Leave a Reply

Your email address will not be published.