Nepal Purbadhar

बुधवारदेखि हवाई भाडा ९ सयसम्म घट्छः वायुसेवा सञ्चालक


काठमाडाैं । सरकारले हवाई इन्धनकाे मूल्य घटाएपछि हवाई भाडा पनि घटाउने वायुसेवा सञ्चालक संघले जानकारी दिएकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै संघले बुधवार (११ पुस) देखि कार्यान्वयन हुने गरी नयाँ भाडादर कायम गरिने जानकारी दिएकाे छ ।

नेपाल आयल निगमले साेमबारदेखि लागू हुने गरी हवाई इन्धनमा प्रति लिटर २० रूपैयाँका दरले घटाउने निर्णय गरेको थियाे । प्रति लिटर २० रूपैयाँ घट्दा हवाई भाडा दर पनि १ सयदेखि ९ सय रूपैयाँसम्म घट्न जाने विज्ञप्तिमा उल्लेख छ ।

यसले यात्रुलाई राहत प्रदान गर्नेमा संघ विश्वस्त रहेकाे छ । ‘अझै पनि नेपाल आयल निगमले हवाई इन्धनमा अत्याधिक नाफा लिई रहेको र हवाई इन्धनमा पुन मूल्य समायोजन गरेको खण्डमा यात्रु महानुभाबहरुले अझै पनि सस्तो हवाई भाडा दरमा हवाई यात्रा गर्न पाउनेछन’ विज्ञप्तिमा छ ।

Facebook Comments

Read Previous

नवलपरासीका ६ वटा अवैध क्रसर उद्योग बन्द

Read Next

युनिट्राभले तलब वृद्धिसहित १५ बुँदे माग टानमा बुझायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar