Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

बुधवारदेखि हवाई भाडा ९ सयसम्म घट्छः वायुसेवा सञ्चालक


काठमाडाैं । सरकारले हवाई इन्धनकाे मूल्य घटाएपछि हवाई भाडा पनि घटाउने वायुसेवा सञ्चालक संघले जानकारी दिएकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै संघले बुधवार (११ पुस) देखि कार्यान्वयन हुने गरी नयाँ भाडादर कायम गरिने जानकारी दिएकाे छ ।

नेपाल आयल निगमले साेमबारदेखि लागू हुने गरी हवाई इन्धनमा प्रति लिटर २० रूपैयाँका दरले घटाउने निर्णय गरेको थियाे ।  प्रति लिटर २० रूपैयाँ घट्दा हवाई भाडा दर पनि १ सयदेखि ९ सय रूपैयाँसम्म घट्न जाने  विज्ञप्तिमा उल्लेख छ ।

यसले यात्रुलाई राहत प्रदान गर्नेमा संघ विश्वस्त रहेकाे छ । ‘अझै पनि नेपाल आयल निगमले हवाई इन्धनमा अत्याधिक नाफा लिई रहेको र  हवाई इन्धनमा पुन मूल्य समायोजन गरेको खण्डमा यात्रु महानुभाबहरुले अझै पनि सस्तो हवाई भाडा दरमा हवाई यात्रा गर्न पाउनेछन’  विज्ञप्तिमा छ ।

 


Read Previous

नवलपरासीका ६ वटा अवैध क्रसर उद्योग बन्द

Read Next

युनिट्राभले तलब वृद्धिसहित १५ बुँदे माग टानमा बुझायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *