Nepal Purbadhar

पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा


पोखरा । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू मन्त्री पदमा नरहे पनि पर्यटन क्षेत्रको विकासमा सक्रिय रहने बताएका छन्।

पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको बिदाइ कार्यक्रममा उनले मन्त्रालयको जिम्मेवारीमा रहेको १७ महिने कार्यावधिमा पर्यटन व्यवसायीबाट धेरै कुरा आफूले सिकेको जनाउँदै धार्मिक पर्यटनलाई समेत ध्यान दिन आवश्यक भएको बताए।

नेपालमा आउने अधिकांश भारतीय पयर्यटक धार्मिक आस्थाका रूपमा आउने भएकाले पनि हामीले धार्मिक पर्यटनको विकास गर्न जरुरी रहेकामा उनले जोड दिए। निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र सरकार सफल हुने जनाउँदै कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी भएको बताए । पोखरा क्षेत्रीय विमानस्थललाई सफल सञ्चालनका निम्ति गण्डकीवासीको योगदान महत्वपूर्ण हुने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक काशीराज भण्डारीले पोखरा क्षेत्रीय विमानस्थललाई अन्य विमानस्थलसँग जोड्न सके सफल भइने बताए। भारत र चीनबाट मात्र पर्यटक ल्याउन सके पनि यहाँको पर्यटन उद्योग माथि उठ्ने उनको भनाइ थियो।

पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले भ्रष्टाचारकै कारण देशको विकास हुन नसकेको बताए। सरकारले ल्याएका कार्यक्रमलाई सरकारकै कर्मचारीले अवरोध सिर्जना गर्ने गरेको गुनासोसमेत भट्टराईको छ।

Facebook Comments

Read Previous

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग

Read Next

सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आईएमई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar