Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पूर्वाधार परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने तयारी


काठमाडौं । उपप्रधान–मन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाधारसम्बन्धी परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने व्यवस्था शुरु गर्न मन्त्रालय मातहतका महाशाखा र विभागहरुलाई निर्देशन दिएका छन् ।

‘कुन काम कति दिन वा अवधिमा हुनुनपर्ने हो त्यो समयमा पू्रा हुनुपर्छ’ उनले भने । त्यसको लागि कुन कर्मचारी वा हाकिमको टेबलमा कति दिन रोकियो भन्ने जानकारी राख्न शुरु गरिने उनको भनाइ छ ।

त्यसरी ट्र्याक रेडक राख्दा कुन हाकिमको टेबलमा कहिलेदेखि, कस्तो अवस्थामा त्यो फाइल रहेको छ भन्ने जानकारी राखिन्छ । यसले कुनै कर्मचारीले फाइल रोकेर ढिलाइ गरेको खण्डमा ढिलाइ गरेवापत जिम्मेवार हुनुपर्छ ।

उपप्रधानमन्त्री श्रेष्ठले पूर्वाधार परियोजना वा आम नागरिकलाई दिने सेवा सुविधाको रोक्न नमिल्ने बरु काम हुन नसक्ने अवस्थामा पनि हुन नसक्ने भनेर तुरुन्तै निर्णय गर्नुपर्ने बताए । ‘फाइल रोकेर राख्दा त्यसले गर्ने असर समग्र नेतृत्वप्रति नै नकरात्मक पर्नेछ’ उनले भने ।

उनले आइतबार मन्त्रालयमा पुगेर महाशाखा प्रमुखसँग मन्त्रालयको योजनाबारे ब्रिफिङ लिएका छन् । उपप्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार यातायात व्यवस्था विभाग, रेलवे लगायतका मन्त्रीलाई बिर्फिङ भएको छ ।

उनले मन्त्रालायमा सबै कर्मचारीलाई तोकिएको समयलाई कार्यालय आउनुपर्ने, आफ्नो कार्यकक्ष छोडेर बाहिर जाँदा वा नआएको अवस्थामा जानकारी दिनुपर्ने निर्देशन दिएका छन् । कुनै पनि कर्मचारीले दवाबमा आएर काम नगर्न र त्यस्तो अफठ्यारो अवस्थाम आएमा मन्त्रीलाई जानकारी दिन आग्रह गरे ।

सो क्रममा महाशाखा तथा विभाग प्रमुखले आफ्नो महाशाखा अन्तर्गतका समस्याहरू प्रस्तुत गरेका थिए । मन्त्रीले चाडै ती समस्या समाधानको प्रस्ताव ल्याउन समेत निर्देशन दिएका छन् । उनले अन्य विभागको ब्रिफिङ भोलि लिनेछन् ।

आइतबार नै उपप्रधान मन्त्री एबम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको सबै महाशाखाको स्थलगत अवलोकन र अनुगमन गरेका छन् । सबै महाशाखालाई आफ्नो कार्यक्षेत्र र वरपरको क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिए ।


Read Previous

मध्यपहाडीमा २५ पुल निर्माणाधीन १९ पुलको ठेक्का लगाउनै बाँकी

Read Next

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *