Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

१४ कराेडकाे लागतमा सुनथराली विमानस्थलकाे धावनमार्ग कालोपत्र गर्न सुरु


कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरू गरिएको छ ।

विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि र १३ करोड ८१ लाख निर्माण कम्पनीले ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वती/श्याम एन्ड शङ्कर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शङ्कर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको छ ।

कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । याे विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

‘३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम सुरु भइरहेको निर्माण छ’, उनले भने, ‘लामो समयदेखि काम नहुँदा अन्योलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ ।’

विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ –१ कोटवाडाका स्थानीय बलिराज विष्टले बताए ।  ‘कालोपत्रको काम सुरु भएपछि अब विमान चढ्न पाउने धोका पूरा होला जस्तो भएको छ’, उनले भने, ‘विमानस्थलको लामो सयमदेखि निर्माणमा ढिलाइ भइरहेको छ ।’

धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूर्ण रुपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए ।

‘यो विमानस्थलको धावनमार्ग कालोपत्र, नाला, रिपिटर टावर निर्माण भइसकेको र उपकरण जडानको काम बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै पूर्ण रुपमा विमानस्थल सञ्चालनमा आउने छ ’ उनले भने । रासस


Read Previous

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन प्राधिकरणकाे आग्रह   

Read Next

मेलम्ची खानेपानी मुहान अनुगमनमा मन्त्री चौधरी (फाेटाेफिचर)

Leave a Reply

Your email address will not be published.