Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

बजार विष्लेषण प्रशिक्षक बन्दै त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरू


काठमाडौं । त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) ले विकास गरेको व्यापार र बजार पहुँच सम्बन्धी आधुनिक डिजिटल औजारहरूको बारेमा जानकारी गराइ प्रशिक्षक बनाउने उद्देश्यले सोमबारदेखि काठमाडैंमा पाँच दिने प्रशिक्षक तालिम कार्यशाला शुरू भएको छ ।

तालिममा सिकेका कुरा प्रशिक्षित प्राध्यापकहरूले आफ्नो कार्यस्थलमा आदान प्रदान गर्ने अपेक्षाका साथ यो कार्यशाला आयोजना गरिएको हो । मंसिर १६ गतेसम्म चल्ने यो कार्यशाला युरोपियन युनियन-नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वय र आइटिसीको प्राविधिक सहयोगमा आयोजना गरेको हो ।

यो कार्यशालाबाट सिकेका कुरा अध्यापन वा अनुसन्धानको क्रममा आफ्नो कार्यस्थलमा आदानप्रदान गराउन त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरूबीच आइटिसी उपकरणका प्रमाणित प्रशिक्षकहरूको संजाल निर्माण गर्ने रहेको छ ।

कार्यशालामा आइटिसीका विज्ञहरूद्धारा यी व्यापार मार्गचित्र र बजार पहुँच मार्गचित्रसम्बन्धी महत्पूर्ण उपकरणहरूको प्रयोगबारे ज्ञान दिलाउनेमात्र नभइ सहभागीले सिकेको ज्ञानको क्षमता मूल्याङ्कन गर्न हरेकलाई प्रशिक्षकको भूमिका खेल्न लगाउने र उनीहरूको प्राविधिक ज्ञान उपकरण प्रयोग गर्न सक्ने क्षमता तथा सिकाउन सक्ने क्षमताको जाँच गर्नेछन् ।

कार्यशालालाई अझ बढी व्यवहारिक र अन्तरक्रियात्मक बनाउन प्राविधिक छलफल अभ्यास तथा भूमिका खेल्ने सत्रहरू समेत संचालन गरिनेछन् । गत वर्षको तालिममा उत्कृष्ठ प्रदर्शन गरेका सहभागी प्राध्यापकहरूलाई यस तालिममा सहभागी गराइएको हो ।

गत वर्षको नोभेम्बरमा पनि आइटिसीले बजार विश्लेषण सम्बन्धी उपकरणहरूको बारेमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापकहरूलाई प्रारम्भिक प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको थियो ।


Read Previous

देशभर साढे २६ हजार विद्युतीय सवारी साधन यातायात कार्यालयमा दर्ता, ५० प्रतिशत स्कुटर र मोटरसाइकल

Read Next

समयमै भेरी करिडोरका पुल नबन्दा ढुवानी महंगाे, आवतजावतमा सास्ती

Leave a Reply

Your email address will not be published.