Nepal Purbadhar

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत, निःशुल्क मिटर दिइने


काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बाढीबाट क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ। क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिन नयाँ मिटर आवश्यक परे निःशुल्क उपलब्ध गराइने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउन विद्युत् सेवामा सहुलियत दिन लागिएको बताए।

त्यस्तै, बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई विद्युत् महसुलमा थप छुट वा सहुलियत दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ। अध्ययनका आधारमा यसै साता थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।


Read Previous

विपद् व्यवस्थापनमा उच्चस्तरीय संयन्त्र, संसद बाहिरका दल पनि समेटिने, नेतृत्व रविले गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar