Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने


काठमाडौं । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको योगदानलाई सम्मान गर्न ‘बेस्ट एयरलाइन्स अवार्ड २०२२’ को घोषणा गरिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बेष्ट एयरलाइन्स अवार्ड नेपाल (बान) ले डिसेम्बर १३ मा सम्मानित हुने हवाइ कम्पनीको घोषणा गर्नेछ ।

यो अवार्ड नेपालमा उडान गर्ने स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई प्रदान गरिने छ । १६ विद्यामा यो अवार्ड प्रदान गरिनेछ । त्यसमध्ये तीन विद्यालाई नेपाली वायुसेवा कम्पनीका लागि छुट्याइएको छ ।

यसैगरी ११ विद्यामा भने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, बाँकी दुई विद्यामा भने हवाइ उडान सुरक्षा र यात्रुहरूको सुविधालाई कायम राख्न उत्कृष्ट भुमिका खेलेका कम्पनीहरूका लागि छुट्याइएको छ ।

बानले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो । अवार्डका लागि नेपालबाट उडान भर्ने २७ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र नौ वटा आन्तरिक वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्नेछन् ।

अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघ, सञ्चारमाध्यम, होटल, निजी कम्पनी, गैरआवासीय नेपाली संघ, पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रका शीर्ष पदाधिकारीहरु रहनेछन् ।


Read Previous

मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयभन्दा छिटो सम्पन्न

Read Next

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल   

Leave a Reply

Your email address will not be published.