Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

तनहुँ आयोजनाको मुख्य सुरुङ ४२ प्रतिशत खनियो,भूमिगत विद्युतगृहमा ढलानकाे काम चल्दै


काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य सुरुङमा ४२ प्रतिशत प्रगति भएको छ । लट-२ अन्तर्गत आयोजनाको १ हजार ४ सय ८ मिटर लामो मुख्य सुरुङको यति निर्माण सकिएको हो ।

अहिलेसम्ममा मुख्य सुरुङ ५ सय ६० मिटर खनिसकिएको आयोजना प्रमुख राजाभाई सिल्पकारले बताए । उनका अनुसार मुख्य सुरुङमा दिन रात गरी २ सिफ्टमा कामदार खटाइएको छ । ‘मुख्य सुरुङको काममा साढे ४ सय बढी कामदार खटिएका छन्,’ उनले भने, ‘राति र दिउँसो गरी २ चरणमा काम भइरहेको छ ।’

यस्तै, प्याकेट-२ अन्तर्गत नै विद्युतगृहको सिभिलतर्फको निर्माण कार्य पनि ५० प्रतिशत पूरा भइसकेको छ । ८९ मिटर लम्बाई २२ मिटर चौडाइ तथा ५१ मिटर उचाईको भूमिगत विद्युतगृहको जग खन्ने कार्य पूरा भई अहिले कंक्रिटिङ गर्न सुरु गरिएको उनले जानकारी दिए ।

लट-२ अन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिलतर्फ मुख्य सुरुङ र विद्युतगृह निर्माण तथा हाइड्रो एवं इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालनको ठेक्का पाएको छ ।

लट-१ अन्तर्गत बाँध क्षेत्रमा संरचना निर्माणको काम सुरु गर्न खोला फर्काउने सुरुङ निर्माणको काम भइरहेको पनि उनले बताए । लट-१ अन्तर्गत बाँध क्षेत्रको कामको ठेक्का सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्स्ट्रक्सन जेभीले गरिरहेको छ ।

यस्तै, लट–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम करिब ६३ प्रतिशत सम्पन्न भइसकेको छ । तनहुँकाे दमाैलीदेखि चितवनकाे भरतपुरसम्म कूल ३४.७ किलोमिटर लामो २२० केभी डबल सर्किट  प्रसारण लाइन निर्माणाधीन छ । जसमध्ये ५० प्रतिशत जग खनेर सकिएको आयोजनाले जनाएको छ ।

२५ प्रतिशत टावर ठड्याउने काम पनि पूरा भइसकेको छ । तार तान्ने काम भने करिब १ किलोमिटर क्षेत्रमा मात्रै पूरा भएको सिल्पकारले बताए । प्रसारण लाइनका लागि आवश्यक उपकरण सबै आयोजना स्थलमा आइसकेका छन् ।

लट–३ अन्तर्गत प्रसारण लाइनको काम भारतको केइसी इन्टरनेशनल कम्पनीले गरिरहेको छ । प्रसारण लाइनको केही रुट वन क्षेत्रमा पर्ने हुँदा वन तथा वातावरण मन्त्रालयको स्वीकृति आउन बाँकी रहेको उनले जानकारी दिए ।

यो आयोजना २०८३ साल जेठ (सन् २०२६,म) मा सम्पन्न गर्ने लक्ष्य छ । यो भन्दा अगाडि नै आयोजना सम्पन्न गर्ने तालिका तोकिए पनि कोभिड–१९ महामारीका कारण उत्पादन तालिका पछि सारिएको हो । पहिलो र दोस्रो प्याकेजको निर्माण पूरा गर्न २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

कूल ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसहित) लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत विकास साझेदार निकायको लगानी छ ।

आयोजनामा एडिबीको १५ करोड अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को १८.४० करोड डलर, युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजना पूरा भएकाे पहिलाे १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

Read Previous

ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु

Read Next

मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयभन्दा छिटो सम्पन्न

Leave a Reply

Your email address will not be published.