Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

जीएमआरको पीएसए एक महिनाभित्र, नवीकरणीय ऊर्जामा सहकार्य


काठमाडौ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी जीएमआर र बंगलादेशबीच एक महिनाभित्र विद्युत विक्री सम्झौता (पीएसए) हुने भएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बिहीबारको बैठकमा बंगलादेशका विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले सो जानकारी दिएका थिए । उनले पीपीएका लागि अरु सबै प्रकृया पूरा भैसकेको र सेक्टेम्बरभित्र कार्य सम्पादन जमानी (परफरेन्स ग्यारेण्टी) बुझाएपछि पीएसए  गरिने बताएका थिए ।

बैठकमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको सस्टेन्एवल एण्ड रिन्यूएवल इनर्जी डेलभमेन्ट एथोरिटी (स्रेडा) बीच नवीकरणीय ऊर्जाको सहकार्यका लागि स्रेडाले एक महिनाभित्र मस्यौदा उपलब्ध गराउने निर्णय समेत भएको छ ।

यसैगरी बंगलादेश पावर व्यवस्थापन संस्थानले जलविद्युत विकास सम्बन्धी तालिमसँगै अनुभव आदानप्रदान गर्ने सहमति समेत भएको छ ।


Read Previous

सुनकोसी-३ निर्माण गर्न संयुक्त कम्पनी बनाइने, लगानीका लागि बंगलादेश तयार

Read Next

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

Leave a Reply

Your email address will not be published.