Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

भदौ २३ र २४ मा नेपाल पूर्वाधार सम्मेलन हुने,२५ देशका प्रतिनिधि सहभागी हुँदै


काठमाडौं । आगामी भदौ २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ । नेपाल उद्योग परिसंघ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौंमा चौंथो संस्करणको पूर्वाधार सम्मेलन हुन लागेको हो ।

उद्योग परिसंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी चौंथो संस्करणको पूर्वाधार सम्मेलन आयोजना हुन लागेकोबारे जानकारी दिएको छ । चौंथो संस्करणको पूर्वाधार सम्मेलनका लागि ‘विकासका लागि पूर्वाधार (इन्फ्रास्ट्रक्चर फर ग्रोथ) नारा दिइएको छ । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

परिसंघका अनुसार पूर्वाधार सम्मेलनको सह–आयोजक लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहने छन् । पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने उद्देश्यले चौंथो संस्करणको पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए ।

अहिले विश्वभरमा जलवायु परिवर्तनको त्रास बढिरहेकाले सम्मेलनले पर्यावरण जोगाउने गरी हरित पूर्वाधारको विकासमा जोड दिने उनले बताए । ‘देशको समृद्धिका लागि पूर्वाधारको विकास अपिहार्य छ । ठूला पूर्वाधार परियोजना निर्माण गर्न अथाह लगानी चाहिन्छ,’ उनले भने,‘सम्मेलनले ठूला परियोजनामा लगानीको अवसर पनि दिनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

उनले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा देखिएको प्रतिबद्धता अनुसार ठूला पूर्वाधार परियोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउने वातावरण तयार गर्न सम्मेलनले भूमिका खेल्ने बताए । विश्वका विभिन्न देशका सरकारी प्रतिनिधि तथा विज्ञहरूलाई आमन्त्रित गरी ठूला पूर्वाधार परियोजना निर्माण गर्दाको अनुभव सुन्ने अवसर पनि सम्मेलनले दिने उनको भनाइ छ ।

ऊर्जा, यातायात, सहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख समस्या पहिचान गरी तीनको समाधान गरी निजी लगानी आकर्षित गर्न सम्मेलनले भूमिका खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे यातायात व्यवस्था शाखाका सिनियर डिभिजनल इन्जिनियर शंकरसिंह धामीले नेपालको पूर्वाधार क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले उद्योग परिसंघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले सम्मेलनमा आउने २५ देशका सहभागी समक्ष प्रस्तुत गर्ने गरी मन्त्रालयले पूर्वाधार परियोजना बैंक बनाएको बताए ।

‘दीगो पूर्वाधार विकासका लागि लगानी भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहनेछ,’ उनले भने, ‘अहिलेसम्मको अवस्थामा नेपालले उत्पादनभन्दा पनि वस्तु तथा सामाग्रीको आयात गरेर खपत गरिरहेको छ । त्यसकारण, अरु देशले पूर्वाधार परियोजना विकास गर्दा लगानी व्यवस्थापन कसरी गरिरहेका छन् भन्नेबारे सम्मेलनमा विज्ञबाट अनुभव सुन्ने छौं ।’ यो सम्मेलन पहिलेकै सम्मेलनहरूको निरन्तरता भएको पनि उनले बताए ।

विश्वमा पुँजी अभाव र बढ्दो ब्याजदरका कारण पूर्वाधार क्षेत्रको विकासका लागि स्रोत परिचालन गर्न थप चुनौती थपिएकाले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वासमा लिई नवीन वित्तीय ढाँचामा लगानीबारे पनि सम्मेलनमा छलफल गरिने भएको छ ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार क्षेत्रको विकासका लागि सरकारको नीति तथा कार्यक्रम र बजेटमा आएका घोषणाबारे सम्मेलनमा वृहत छलफल गरिने बताए । उनले सम्मेलनले क्षेत्रीयरूपमा पूर्वाधारमार्फत जोडिएर नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषय जोडदाररूपमा उठाउने बताए । सम्मेलनमा कोभिड–१९ महामारी र रसिया–युक्रेन युद्धपछिको अवस्थामा पूर्वाधार क्षेत्रको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा पनि बहस गरिने पाण्डेले बताए ।

नेपाल उद्योग परिसंघ पूर्वाधार समितिका अध्यक्ष आशिष गर्गले निजी क्षेत्रल अहिलेसम्म प्रवेश पाएको हवाई यातायात, जलविद्युत, केबलकारलगायत क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताए । उनले लगानी बोर्डले यी बाहेक पूर्वाधारका अन्य क्षेत्रमा पनि लगानीको ढोका खुल्ला गर्न लागेकाले निजी क्षेत्र उत्साहित भएको बताए । उनले अगामी पूर्वाधार सम्मेलनले पनि पूर्वाधारका सबै क्षेत्रमा निजी क्षेत्रको लगानी होस् भनी प्रवर्द्धन गर्न लागेको बताए ।

२५ देशका ६ सय बढी प्रतिनिधि सहभागी हुने सम्मेलनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका मेयरलाई पनि आमन्त्रण गरिने परिसंघले जनाएको छ । यसअघि सन् २०१४ मा पहिलो, २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो पूर्वाधार सम्मेलन आयोजना गरिएको थियो ।

सन् २०२१ मा नै चौंथो संस्करणको सम्मेलन आयोजना गर्नुपर्ने भए पनि कोडि–१९ महामारीका कारण केही ढिलो गरी सन् २०२२ मा आयोजना गर्न लागिएको उद्योग परिसंघले जानकारी दिएको छ ।


Read Previous

आरओआर आयोजनाकाे पीपीए पूर्ण खुल्ला, उत्पादन क्षमता क्यू-२५ मा झार्न ऊर्जा मन्त्रालयको सिफारिस

Read Next

संयुक्त पश्चिम सेती सेतीमा २६२ मेगावाट निशुल्क बिजुली दिन भारतीय कम्पनी सकारात्मक

Leave a Reply

Your email address will not be published.