Nepal Purbadhar

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्ष २०७८/७९ मा समग्र भौतिक प्रगति ८० प्रतिशत गरेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयको कूल १ खर्ब ३ अर्ब ८० करोड ८१ लाख बजेटमध्ये ७९ अर्ब ५४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । यसअनुसार समष्टिगत वित्तीय प्रगति भने ७६ दशमलव ६६ प्रतिशत छ । मन्त्रालयको मात्रै भौतिक प्रगति भने ६० प्रतिशत देखिएको छ । त्यस्तै, वित्तीय प्रगति ६४ प्रतिशत छ ।

ऊर्जामा भन्दा जलस्रोत र सिँचाइको प्रगति राम्रो

मन्त्रालयका २ क्षेत्रमध्ये ऊर्जामा भन्दा जलस्रोत तथा सिचाइमा राम्रो प्रगति देखिएको छ । सिचाइमा भौतिक प्रगति ८७.९३ प्रतिशत रहेको छ । जबकि ऊर्जा क्षेत्रको भौतिक प्रगति ७७ प्रतिशत मात्र छ ।

गत आव ऊर्जामा ७२ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये ५४ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ खर्च भएको हो । यसअनुसार वित्तीय प्रगति ७५ प्रतिशत मात्र रहेको छ भने जलस्रोत तथा सिचाइ मन्त्रालयको वित्तीय प्रगति ८१ प्रतिशत छ । जलस्रोत तथा सिचाइमा गत वर्ष ३० अर्ब ८२ करोड ३६ लाख मध्ये २४ अर्व ९५ करोड २ लाख खर्च भएको छ ।

चौंथो त्रैमासिकमा वार्षिक बजेटको ३३ प्रतिशत खर्च 

मन्त्रालयको कुल बजेटमध्ये पछिल्लो ३ महिनामा मात्र ३३ प्रतिशत खर्च भएको छ । कूल बजेटमध्ये पछिल्लो ३ महिनामा ३४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ खर्च भएको हो । यी ३ महिनामा कुल बजेटको ९६ प्रतिशत खर्च भएको छ ।

निकायगत भौतिक प्रगति

    निकायवार्षिक बजेट लाखमावार्षिक खर्च

लाखमा

वार्षिक वितीय प्रगति (प्रतिशतमा)वार्षिक भौतिक प्रगति

(प्रतिशतमा)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय१६२५१०४४६४६०
बूढीगण्डकी जलविद्युत आयोजना६१६८०६०४२६९८९८
विद्युत विकास दशकसम्बन्धी कार्ययोजना१३३७२५५८०
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र२७५२३२३२२२८४८३
विद्युत विकास विभाग,२४२५१६९६१२९६२
जल तथा ऊर्जा आयोग१४०४१२३७८८७४
नेपाल विद्युत प्राधिकरण६००६२८४३९४५४७३७५
विद्युत उत्पादन कम्पनी७५००१०२१३१३६४०
राष्ट्रिय प्रशारण ग्रीड कम्पनी५०००३३१०६६६७
जलस्रोत तथा सिँचाइ विभाग,२९७७२५२४११९९८१८८
जलस्रोत अनुसन्धान तथा विकास केन्द्र१३६७१२३७९०९८
जल तथा मौसम विभाग८२१७६३६५७७९२
भूमिगत जलस्रोत विकास समिति९२६६९९७५८१

           स्रोत: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय


Read Previous

चिप्लेबेँसी-स्यार्क्यु लाइन पुनर्निर्माणपछि मनाङकाे तिमाङ र थानचोकमा विद्युत पुग्यो

Read Next

१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)