Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

 नारायणगढ-बुटवल सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम, ठेक्का तोड्ने तयारी


काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक चार लेनमा स्तरोन्नति गर्ने योजनाको प्रगति चिन्ताजनक देखिएको छ । यस सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम भएको छ ।

यससँगै भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ठेक्का तोड्ने तयारी गरेको छ । मन्त्रालयको उच्च स्रोतका अनुसार अझै एकपटकलाई सर्तसहित अन्तिम मौका दिने र अपेक्षित प्रगति नभए ठेक्का तोड्ने तयारी छ ।

कुल ११३ किलोमिटर लम्बाईको यो सडक खण्ड स्तरोन्नतिको लागि दुई भागमा बाडिएको छ । ति खण्डलाई नारायणगढ बुटवल सकड योजना पूर्वी खण्ड र पश्चिमी खण्ड भनेर विभाजन गरिएको छ । तर, यी दुवै खण्डको अहिलेसम्मको समष्टिगत भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको आयोजना निर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिमा उपस्थित भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राइले आयोजना ठेक्कालाई अब पर्खने समायावधी नभएको उल्लेख गरे । ‘काम निराशाजनक छ, एकपटक निर्देशन दिएर नमाने ठेक्का तोड्नुको विकल्प छैन’ उनले भने ।

आयोजना निर्देशक ढकाले आयोजना ढिलाई हुनुमा विविध कारण रहेको उल्लेख गरे । ठेक्का लाग्ने वित्तिकै निर्माण व्यवसायी निर्माण उपकरण निर्माणस्थलमा लगेर काम थाल्न ढिलाइ गरेको, कोभिडको असर परेको, अन्तरनिकायगत समन्वयको अभाव नभएको, निर्माण सामाग्रीको अभाव भएको उनले उल्लेख गरे ।

ठेक्का तोडे पनि त्यसपछि आयोजना अगाडी बढाउन झन कठिन हुने देखिन्छ । किनकि आयोजनाको लागत अझ बढ्ने सडक विभागका अधिकारीहरुको भनाइ छ ।

‘ढिलाइबारे छानविन गरेर प्रतिवेदन बुझाऊ’

विकास तथा प्रविधि समितिले देशकै व्यापारिक मार्गको रुपमा परिचित र एशियन हाईवे को रुपमा स्तरोन्नतिको कार्य अगाडि बढाइएको नारायणघाट (बुटवल सडक (पूर्वी खण्ड, नवलपरासी दाउन्ने र पश्चिमी खण्ड, दाउन्ने बुटवल) को कार्य प्रगतिको बारेमा गहिरो चासो राखेको छ ।

यसअघि नै आयोजनाको कामको स्थलगत अनुगमन गरिसकेको समितिले आयोजनामा देखिएका समस्याहरु समाधानका लागि मिति २८ माघ २०७८ मा बसेको समितिको बैठक आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको थियो ।

आयोजनाको अवधि सकिने अवस्थासम्मको प्रगतिबारे समितिको गम्भीर ध्यानाकर्षण भएको समितिकी सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

‘समग्र आयोजना नै सम्पन्न हुने सम्झौता अवधिमा यस्तो न्यून र निराशाजनक प्रगतिको कारणले आयोजनाको ठेक्का नै रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको विषयलाई गम्भीरतापूर्वक छानवीन गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउन र आगामी दिनमा आयोजनाको लागत नवढ्ने गरी निर्धारित समयमा र गुणस्तरीय रुपमा सम्पन्न गर्न तत्काल समिक्षा गरी उपयुक्त निर्णय लिनुपर्ने देखिन्छ’ उनले भनिन् ।


Read Previous

सामुदायिक विद्युतीकरण मोडेलको दिगो विकल्प खोज्न सुझाव

Read Next

युवालाई सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउनुपर्छः सञ्चार मन्त्री

Leave a Reply

Your email address will not be published.