Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

युवालाई सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउनुपर्छः सञ्चार मन्त्री


बेथाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा दक्ष बनाउनुपर्ने बताएका छन् ।

बेथानचोक गाउँपालिकास्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलामा बोल्दै मन्त्री कार्कीले आजको युग सूचना प्रविधिको युग भएकोले यसमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए ।

गुणस्तरीय सूचना प्रविधि सम्बन्धी शिक्षा प्राप्त गरेका युवाले घरमै सबेर महिनाकै डेढ लाखसम्म आर्जन गरिरहेको उनले युवालाई दक्ष बनाउन सके उनीहरुले स्वदेशमै राम्रो आम्दानी गर्न सक्ने बताए । प्रमाणपत्रलाई खोष्टो नबनाई व्यक्तिगत जीवनयापन र समाजका लागि उपयोगी बनाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारी र पार्वती बहुमुखी क्याम्पसका वरिष्ठ पत्रकार परशुराम घिमिरेले शिक्षाको मार्फत युवालाई सक्षम र सबल बनाउनका लागि क्याम्पस अघि बढीरहेको बताए ।

कार्यक्रममा संविधानसभाका सदस्य एवं पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठ, संविधानसभाका सदस्यहरु कृष्णप्रसाद सापकोटा, रामहरि सुवेदी र तीर्थ लामा, शिक्षासेवी डा.बलराम तिमल्सिना लगायतले काभ्रेको दक्षिण भेगको शिक्षा विकासका लागि पार्वती क्याम्पसले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।


Read Previous

 नारायणगढ-बुटवल सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम, ठेक्का तोड्ने तयारी

Read Next

आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपहरूबीच प्रतिष्पर्धा हुने

Leave a Reply

Your email address will not be published.