Nepal Purbadhar

दिगोपनका लागि एसियामा दीर्घकालीन ऊर्जा योजना र रणनीति


काठमाडौ । एशियाली राष्ट्रहरुमा ऊर्जाको दिगोपनका लागि दीर्घकालीन ऊर्जा योजना र रणनीति आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् ।

एशियाली विकास बैक (एडीबी) र इन्टरनेशनल अटोमिक इनर्जी एजेन्सी (आइएईए) द्धारा मंगलबारदेखि सुरु भएको एशिया क्लिन इनर्जी फोरम २०२२ को क्रममा बुधबार आयोजनाली योजनाबारेको छलफलमा विज्ञहरुले यस्तो धारणा राखेका हुन ।

ऊर्जा क्षेत्रको नीति निर्माण तथा लगानीको निर्णय गर्नका लागि एकीकृत योजनाको खाँचा रहेको बताउँदै उनीहरुले योजनामार्फत ऊर्जा प्रणालीको विश्लेषण गरी ती देशहरुले आफ्नो दिगो ऊर्जा नीति र रणनीति बनाउन सक्ने बताए । दिगो ऊर्जा प्रणालीको लागि ऊर्जा माग र आपुर्तिको विश्लेषण गरी यससँग सम्बन्धित विधि र उपकरणहरुमार्फत दिगो नीति र रणनीति बनाउनुपर्ने उल्लेख गर्दै सरकारका मन्त्रालयहरु र निकायहरु, उपभोक्ताहरु, नियामक, विश्वविद्यालय लगायतका धेरै संस्थाहरुको विज्ञतामार्फत प्राविधिक सहायता आवश्यक रहेकोमा उनीहरुको जोड थियो ।

आइएईए योजना र अर्थशास्त्र अध्ययनका प्रमुख भविष्यको ऊर्जाको विकास तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न तथा सन् २०५० को लागि पेरिस सम्झौताको कार्यान्वयनजका लागि एशियाली राष्ट्र ऊर्जाको विकासमा जोड जोड दिनुपर्ने बताए ।

एडीबीका प्रमुख ऊर्जा अर्थशास्त्री की युङ नाम र आईएईएका अन्ड्रिलले ऊर्जा योजना निर्माण गर्दा वित्तिय, आर्थिक, वातावरण, सामाजिक लगायतकाको प्राविधिक अध्ययन महत्वपूर्ण भएको बताउँदै क्षमता अभिवृद्धिका लागि तालिम र सहायता, उपकरण र विधि, आन्तरिक क्षमता, संयोजन र क्षमता विकास, बाह्य सहकार्य लगायतका मुद्दामा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा ऊर्जा उपलब्धतालाई ध्यान दिएर प्रविधिको विश्लेषण हुनुपर्ने र एसडीजी र एनडीसी (राष्ट्रियरुपमा निर्धारित योगदान) को लक्ष्य हासिल गर्न यो प्रविधिको विकासमा जोड दिनुपर्नेमा जोड दिइएको थियो ।

Facebook Comments

Read Previous

सडक सुरक्षा तथा दिगो शहरी विकासमा केन्द्रित ‘कार्ल मार्क्स कसम’ पुस्तक सार्वजनिक

Read Next

नेपाल अन्तरदेशीय विद्युत व्यापारका लागि सबै दृष्टिकोणबाट तयार छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar