Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ हुने


काठमाडौ । ब्राण्डवर्थ प्रालिले फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ आयोजना गर्ने भएको छ ।

पछिल्लो समय मुुलुकको अर्थतन्त्रको डिजीटाइजेसनको तीब्रतालाई मध्यनजर गर्दै आगामी २० जेठमा कन्क्लेभ आयोजना गर्न लागेको हो ।

कन्क्लेभको सो दोस्रो सस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट’, ‘नेपाल–साना बजार कि असिमित सम्भावना ?’ तथा ‘नेपाली युनीकर्न कहिले ?’ भन्ने विषयमा चार सत्रहरुमा सघन अन्तरक्रिया र बहस हुनेछन् ।

चार सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरु निकायका प्रतिनीधिहरुको सहभागिता हुने प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए । उनका अनुसार, काठमाडौंमा जेठ २० गते काठमांडौस्थीत होटल सोल्टीमा आयोजन हुन गइरहेको छ ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच दिने कार्यक्रम छ ।

कार्यक्रममा नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सन्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र सञ्चालन हुने कार्यक्रम छ ।

कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजीटाइजेसनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्ने भन्नेबारेमा कार्यक्रम केन्द्रित हुने प्रमुख कार्यकारी अधिकृत गजुरेलले जानकारी दिए ।


Read Previous

२ वर्षभित्र निजगढ विमानस्थल निर्माण शुरू गर्ने सरकारको योजनामा सर्वोच्चको रोक

Read Next

सबैलाई खानेपानीको पहुँचदेखि नगर सडकलाई पक्की गर्नेसम्मका गण्डकी प्रदेशको प्राथमिकता (पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published.