Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

२६ वर्ष निजामति सेवामा बिताएका कार्की ऊर्जा मन्त्रालयबाट विदा भए


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेवाबाट अनिवार्य अवकास पाएका छन् । सचिवमा बढुवा भएपछिको ५ वर्षिय कार्यकाल पूरा गरेर गत जेठ ४ गते सेवाबाट अनिवार्य अवकास भएका उनी साेमबार मन्त्रालयबाट औपचारिकरूपमा विदा भएका हुन् ।

मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरी कार्कीको विदाई गरेको छ । करिब २६ वर्ष निजामति सेवामा बिताएका कार्की १० महिनाअघि ऊर्जा मन्त्रालयको सचिवको जिम्मेवारीमा आएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सचिवको विदाई गर्नु रमाइलो नभई नियमित प्रक्रिया भएको बताइन् । ‘मन्त्रालयमा रहँदा उहाँ सचिव मात्र नभई सल्लाहकार र साथी जस्तो हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘जति दिन रहनु भयो, विवाद रहित बनेर काम गर्नुभयो ।’
कार्कीले मन्त्रालयमा रहँदा विवादास्पद निर्णय नगरेको बताइन् । उनले कार्कीसँग विगतदेखि नै चिनजान रहेकाले मन्त्री भएर आएपछि काम गर्न सहज भएको बताइन् ।

सिँचाइ सचिव सागर राईले कार्की कुनै लोभ लालचमा नपरी निजामती सेवाबाट अवकास भएको बताए । ‘सचिव ज्यू विवादास्पद निर्णय नगर्ने स्वच्छ छवि भएको व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो । आजबाट जागिरे जीवन सकिएर स्वतन्त्र नागरिक बन्दै हुनुहुन्छ’ उनले भने ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले निजामति सेवाले आफ्नो जीवनकालमा धेरै कुरा दिएको बताए । उनले २६ वर्ष सेवा गरेर आफुले गरेको योगदानभन्दा बढी यहाँबाट पाएको बताए ।

‘मैले २०५० सालमा नै इन्जिनियरिङ पूरा गरेको थिए । केही समय अन्यन्त्र काम गरेपछि निजामति सेवामा म परिस्थितीबस प्रवेश गरेको थिएं,’ उनले भने, ‘आफ्ना जुन सुकै कामलाई तनाबरहित ढंगले गर्ने गरेकाले सेवा अवधि रमाइलो गरी नै बित्यो ।’ उनले ऊर्जा मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेर काम गर्दा नै ऊर्जा क्षेत्रको महत्त्व बुझेको बताए ।

दोलखा स्थायी घर भएका कार्की २०५३ साल भदौबाट निजामति सेवामा प्रवेश गरेका थिए । उनले पहिलो पटक सूदुरपश्चिमको दार्चुला जिल्लाबाट सेवा प्रारम्भ गरेका थिए । पछि खानेपानी हुँदै लामो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिताएका थिए । केही समय जल तथा ऊर्जा आयोजमा रहेर समेत कार्कीले काम गरे । कार्की अवकास भएपछि मन्त्रालय सचिवबिहिन भएको छ ।


Read Previous

बजेटको पहिलो प्राथमिकताः मौलिक अधिकारको संरक्षण

Read Next

सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

Leave a Reply

Your email address will not be published.