Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन


काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगतिको समेत जानकारी लिएकी छन् ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिइन । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको उनको भनाइ छ । ‘हाामीले बारम्बार छलफल सल्लाह गर्छौं तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौं’ उनले भनिन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाई छ । मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिए ।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु अािर्थिक वर्षमा चालुतर्फ ५३.३९ प्रतिशत र पूँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत खर्च भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेश गरे ।उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति हुने बताए । यस्तै सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको छ ।

मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, संघीय संसद सचिवालय लगायत विभाग र निकायले काम गरिरहेका छन् ।


Read Previous

२६ वर्ष निजामति सेवामा बिताएका कार्की ऊर्जा मन्त्रालयबाट विदा भए

Read Next

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

Leave a Reply

Your email address will not be published.