काठमाडौं । मन्त्रिपरिषद्को १४ बैशाख २०७७ मा बसेको बैठकले दार्चुला–टिंकर सडक आयोजना निर्माण कार्यको जिम्मा नेपाली सेनालाई प्रदान गरेको थियो । मूख्यगरी कोठेघार–टिंकर खण्डको ७५ किलोमिटर निर्माण सेनाले गरिरहेको छ । सेनाले २८ माघ ०७७ देखि तोकिएको स्थानमा परिचालन भइ सुनसेरा तथा दुम्लिंगमा क्याम्प निर्माण गरी काम गरिरहेको छ । यसबाहेक १७ माघ २०७८ मा यसै सडकमा पर्ने तुषारपानी–कोठेधारसम्मको ४ किलोमिटर ट्र्याक निर्माण समेत सरकारले सेनालाई दिएपछि अहिले निर्माणको काम भइरहेको छ । स्थानीयको अवरोध भएपछि हेलिकप्टरमार्फत निर्माण मेसिन ढुवानी गरिरहेको सेनाले जानकारी दिएको छ ।
तस्बिरः