Nepal Purbadhar

मन्त्रिपरिषद्का निर्णय: ९ विधेयक संसदमा लैजाने, राहदानी ऐन संशोधनदेखि अन्य के के छन्?


काठमाडौं । सरकारले राहदानी ऐन संशोधन, खानी तथा खनिज पदार्थसम्बन्धी नयाँ कानुन, मानव बेचबिखन नियन्त्रण तथा बालश्रमसम्बन्धी विधेयकलगायत नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन संशोधन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, २०७६ संशोधन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन, बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप ऐन, २०६८ संशोधन तथा कर्मचारी सञ्चयकोष ऐन, २०१९ संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गर्न स्वीकृति दिएको हो।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।


Read Previous

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

Read Next

ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा चल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar