Nepal Purbadhar

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ३ बजेसम्म बिजुली पुर्‍याउने तयारी, बुद्धभुमी सञ्चालन गरेर दिने तयारी


काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा सुरु गर्न थालेको छ ।

खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको छ। त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनमार्फत पनि वैकल्पिक आपूर्ति भइरहेको छ।

एउटा टावर ढलेका कारण बन्द रहेको ५ मेगावाटको बुद्धभुमी हाइड्रोपावर सञ्चालन गरेर नुवाकोटमा बत्ती दिन लागिएको छ । आयोजना प्रवर्धक एवम ऊर्जा उद्यमी बलराम खतिवडा अनुसार अहिले हाइड्रोपावर सञ्चालन भइरहेको छ । ‘बुद्धभुमी ५ मेगावाट नुवाकोट समुन्द्रटार सबस्टेसनमा जोडिन्छ । अहिले पानी हालेर चलिरहेको छ । सुर्य कुण्ड ११ मेगावाट र अर्को १५ मेगावाटको आयोझना चालु छ । वैकल्पिक ट्रान्समिसन व्यवस्था गर्‍यो भने चलाउ सकिन्छ,’ खतिवडाले भने, ‘ रसुवा, धादिङ नुवाकोटमा सबैलाई पुग्छ । प्राधिकरणले वैकल्पिक ट्रान्समिसनको काम गर्ने हो भने सबैलाई बिजुली पुग्छ । सबै विषयमा प्राधिकरणका टीमलाई जानकारी छ ।’

चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी तथा ११ केभी लाइन र बालाजु–त्रिशूली ११ केभी लाइन सञ्चालनका लागि प्राविधिक काम तीव्र रूपमा अघि बढाइएको छ। सकेसम्म आज साँझसम्म विद्युत् सेवा थप नियमित सरकारको प्रयास छ ।

क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनका लागि काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, उपकरण र आवश्यक स्रोतसाधनसहितका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको विद्युत प्राधिकरणले उल्लेख गरेको छ ।


Read Previous

विपद् स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकियो, कहाँ कसलाई सम्पर्क गर्ने?

Read Next

शेखर गोल्छाले बाढी प्रभावितका लागि दिए १ करोड ५० लाख, निजी क्षेत्रलाई सहयोगको अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar