Nepal Purbadhar

भोटेकोशी बाढी अपडेट: ६४४ पर्यटक सम्पर्कविहीन, भारतीय १७८, कुन देशका कति?


काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि नेपालमा रहेका ६४४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट प्राप्त विवरणका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो।

बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ। भारतका १७८ जना पर्यटकको अवस्था अज्ञात रहेको छ।

त्यसपछि नेपाली १२७, अमेरिकी ६५ र युक्रेनी ५३ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

यस्तै, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक पनि सम्पर्कविहीन छन्।

बोर्डको विवरणअनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक सम्पर्कविहीन रहेका छन्।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।


Read Previous

रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला

Read Next

रसुवा बाढी अपडेट: टिचिङमा एक घाइतेको मृत्यु, २६ जना उपचाररत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar