Nepal Purbadhar

२ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन


बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण अवरुद्ध सडक बल्ल सञ्चालनमा आएकाे हाे ।

बाढीले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२ सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।

Facebook Comments

Read Previous

सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

Read Next

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar