Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

नेपालको ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न साउन १३ मा त्रिपक्षिय सम्झौता हुँदै


काठमाडौं । नेपालले उत्पादन गरेको ४० मेगावाट विद्युत बंगलादेश निर्माण गर्न आगामी साउन १३ गते (जुलाई २८) त्रिपक्षिय सम्झौता हुने भएको छ । विद्युत निर्यातकर्ता नेपाल, खरिदकर्ता बंगलादेश र भारतका ऊर्जा मन्त्रीहरूको उपस्थतीमा काठमाडौंमा त्रिपक्षिय सम्झौता हुने तय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले भारतका ऊर्जा मन्त्री मनोहर लाल खट्टर र बंगलादेशका ऊर्जा मन्त्री नसरुद हमिदलाई त्रिपक्षिय सम्झौता गर्न निमन्त्रणा गरिसकेका छन् ।

३ वटै देशका ऊर्जा मन्त्रीको उपस्थितीमा नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच त्रिपक्षिय सम्झौता हुने तय भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्झौतापछि नै बंगलादेशले बर्खामा नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्न सुरु गर्नेछ ।

यसअघि बिपिडिबीले २०८० पुस १६ गते नेपालबाट ४० मेगावाट विद्युत ५ वर्षसम्म खरिद गर्न बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । त्यस लगत्तै विद्युत प्राधिकरणले पनि विद्युतको दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो ।

विद्युत प्राधिकरणले पेश गरेको बोलपत्रको कागजात मूल्याङ्कन गरी बिपिडिबीले त्यसको स्वीकृत गरेपछि थप प्रक्रिया अगाडि बढेको थियो । विद्युत प्राधिकरणले ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात गर्नेछ । मुजफ्फरपुर सबस्टेसन पुगेको विद्युत बहरामपुर–भेरमारा प्रसारण लाइन हुँदै बंगलादेश पुग्नेछ ।

सहमतिअनुसार नेपालले बर्खामा जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई ४० मेगावाट विद्युत दिनेछ । बंगलादेशको बिपिडिबीले विद्युत प्राधिकरणलाई प्रतियुनिटर ६.४ अमेरिकी डलर तिर्नेछ ।


Read Previous

बाढीपहिराले मध्यपहाडी लाेकमार्गको ४० किलोमिटर क्षतिग्रस्त   

Read Next

नेपालगञ्ज क्षेत्रमा विद्युतकाे गुणस्तर सुधार गर्न २ नयाँ प्रसारण लाइन थप