Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

कतारी अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताकाे पहल गर्न आग्रह   


भैरहवा । नेपाल आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा–कतार सिधा हवाई उडानका लागि पहल गर्न आग्रह गरिएकाे हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–कतार हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न आग्रह गरे ।

“भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ । त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ”, श्रेष्ठले भने ।

सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष एवं होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पनि सरकारले कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह गरे । भैरहवा–कतार उडान भए निजी क्षेत्रमा आशा बढ्नुका साथै भैरहवा आसपासमा आर्थिक गतिविधि बढ्न गई देशलेसमेत उल्लेख्य लाभ लिनसक्ने श्रेष्ठको भनाइ छ ।


Read Previous

स्वदेशी विद्युत खपत वृद्धिको योजना र कार्यान्वयन

Read Next

हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन

Leave a Reply

Your email address will not be published.