Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालि अन्तर्गतको इभेन्ट सोलुसन नेपालले संयुक्तरूपमा आयोजना गरेको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो,२०२४ बुधबार (बैशाख १२ गते) देखि सुरु हुँदैछ । सम्पूर्ण तयारी पूरा भइसकेको एक्स्पो राजधानीको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु हुने भएको हो ।

पहिलो दिन बिहान विद्युती गाडी (इभी) र्‍याली हुनेछ । बिहान साढे ६ बजे कमलादीस्थित स्काइवक टावर अगाडिबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उद्घाटन गरेपछि इभी र्‍याली सुरु हुने इभेन्ट सोलुसन नेपालका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ ।

र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइनेछ  । पहिलो दिनबाट एक्स्पोमा बुकङि भएका स्टलहरू अवलोकनका लागि खुल्ला हुनेछन् ।

यस्तै,बिहान ११ बजेदेखि प्राविधिक सत्रहरू राखिएको छ । पहिलो दिन २ वटा सत्र राखिएको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् ।

एक्स्पोको दोस्रो दिन बिहीबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलबाट औपचारिक उद्घाटन हुनेछ । राष्ट्रपति पौडेलको कार्यव्यवस्थताका कारण एक्स्पोको बिहीबार मात्रै औपचारिक उद्घाटन हुने भएको हो । दोस्रो दिन पनि विभिन्न शिर्षकमा प्राविधिक सत्रहरू सञ्चालन हुने इपानले जनाएको छ ।

यस्तै, बैशाख १४ गते अर्थात एक्स्पोको अन्तिम दिन ऊर्जामन्त्री बस्नेत तथा अर्थमन्त्री वर्षमान पुन प्राविधिक सत्रमा सहभागी भई समापन गर्ने कार्यक्रम छ । यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिनेछ ।

एक्स्पोमा प्रवद्र्धक, परामर्शदाता, लगानीकर्ता बैंक,निर्माण व्यवसायी, निर्माण उपकरण उत्पादक, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण उत्पादक एवं जडानकर्ता कम्पनीले आफ्ना स्टलहरू राख्दैछन् ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालयरकलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको रहनेछ । एक्स्पोको ५० हजारभन्दा बढीबाट अवलोकन गराउने लक्ष्य छ ।


Read Previous

कतारी अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताकाे पहल गर्न आग्रह   

Read Next

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

Leave a Reply

Your email address will not be published.