Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

चितवनको दुर्गम मायाटार गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम मायाटार गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी याे गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे ।

शनिबारबार पहिलाे पटक याे गाउँमा विद्युत पुगेपछि अब अन्धकारको युग अन्त्य भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले बत्तीकाे स्वीच थिचेर बत्ती बाल्दै मायाटार गाउँ विकासकाे एक खुड्किलाे माथि उक्लिएकाे बताए ।

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङ,  विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत उपकरण निःशुल्क वितरण गरे । प्राविधिकले तिनलाई जडान पनि गरेका छन् ।

इच्छाकामना गाउँपालिका–१ को २ सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । बैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ ।


Read Previous

हुलाकी राजमार्गः दोब्बर समयमा पनि सकिएन डोकेबजार-दैजी खण्डकाे निर्माण

Read Next

भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

Leave a Reply

Your email address will not be published.