Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

५ दिनमा धुलिखेल-खावा सडककाे ठेक्का सम्झाैताकाे म्याद सकिँदै, प्रगति २० प्रतिशत   


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्ड विस्तारको कामको समयसीमा  सकिन अब ५ दिन बाँकी छ । याे सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना काम सम्पन्न गर्ने गरी गरिएकाे ठेक्का सम्झाैताकाे म्याद चैत १९ गतेबाट सकिन लागेकाे हाे ।

याे सडक खण्ड निर्माण गर्न २०७९ जेठ २० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकाे थियाे । सडक आयोजनाको समय सीमा ५ दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ ।

करिब २२ महिनाको अवधिमा जम्मा सडक फराकिलो बनाउने मात्रै काम अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय थपेर सम्पन्न गराउने योजना बनाएको छ । उक्त ४ किलोमिटर सडक स्तरोन्नतिका लागि २० करोड १९ लाख ४६ हजार ५ सय रुपैयाँ  निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले आयोजना अलपत्र राख्न नहुने भएकाले समय थपेर सम्पन्न गराउने योजना बनाएको बताए । उनका अनुसार समय सीमाको २ महिनाअघि ठेक्का तोड्ने प्रक्रियामा समेत जान लागिएकामा विभिन्न चरणका छलफलपछि आयोजना सम्पन्न गर्नेतर्फ लाग्ने निष्कर्ष निकालिएको हो ।

सडक विस्तारको काममा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम गत फागुन ११ गते सडकमै आमरण अनशन बसेका थिए । गौतमले आमरण अनशन सुरु गरेको करिब २९ घण्टापछि रोकिएको चार किलोमिटर सो सडकखण्ड विस्तार कार्य थाल्ने पाँचबुँदे लिखित प्रतिबद्धता गरिएको थियो । त्यसयता सो प्रतिबद्धता कार्यान्वयन भएको देखिएको छैन ।

५ बुँदामा भएको सहमतिमा गत फागुन १५ गतेभित्र करिब एक सय जनशक्ति फिल्डमा खटाउने, चार एक्साभेटर, सात टिपरलगायत निर्माण सामग्री परिचालन गरी निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने, उक्त कार्य अघि नबढे सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अघि बढ्ने, ठेक्का तोड्न निर्माण व्यवसायीको सहमति रहने र निर्माण व्यवसायी कुनै उजुरबाजुरमा नजाने उल्लेख गरिएको छ ।

यस्तै, चैत १९ गतेसम्ममा दुई किमी सडक कालोपत्र गरी बाँकी खण्डको काम पनि तत्काल सुरु गर्ने, कामलाई निरन्तरता दिएपछि कामको गति र प्रगति सन्तोषजनक नभए ठेक्का तोड्न सडक डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

सडक निर्माणको कामले गति नदिँदा भत्किएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।

सडकमा गुड्ने मालवाहक सवारी साधनको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्र गर्ने योजना थियो ।

जिल्लाको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।


Read Previous

निर्माण व्यवसायीले भुक्तानी पाएपछि बागलुङका ४ सडक आयाेजनाकाे काम सुचारु

Read Next

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल

Leave a Reply

Your email address will not be published.