Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु


कञ्चनपुर ।  कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन ४ लेनको पुलकाे काम सुचारु भएकाे छ । ठेकेदारले भुक्तानी नपाएपछि गत असाेज तेस्राे सातादेखि ठप्प भएकाे पुलकाे काम मंगलबारदेखि पुनः सुचारु भएकाे हाे ।

पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । सरकारले केही दिनअघि गत वर्ष काम गरेको रकम उपलब्ध गराएपछि निर्माण कम्पनीले बाँकी काम इन्जिनियर किशोरराज पाण्डेयले बताए । उनका अनुसार अबकाे ६ महिनामा काम सम्पन्न गर्ने गरी काम सुचारु गरिएकाे हाे ।

२०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८.६ किलोमिटर ६ लेनको निर्माणको कामको ९०. १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर पाण्डेयले गत वर्षको काम गरेबापतका साढे ८ करोड रुपैयाँ रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।

उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पुर्याउने प्रक्रियामा रहेको बताए । “भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ ,” उनले भने, “गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।”

उनले ८.६ किलोमिटर ६ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताए ।  “रकम अभावलगायतको कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भने, “कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृतिलगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।”

३ अर्ब ६६ करोड रुपैयाँ लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ०.३  वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन् । गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ ।


Read Previous

७ हजार निजी विद्यालयमा रुफटफ सौर्य ऊर्जा प्रणाली जडान गर्न प्याप्सन सकारात्मक

Read Next

अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइनबाट

Leave a Reply

Your email address will not be published.