Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइनबाट


भक्तपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइन मार्फत हुने बताएका छन् । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित एक कार्यक्रममा अनलाइन पटके भुक्तानी सेवाको शुभारम्भ गर्दै उनले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षौंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताएका हुन् ।

अनलाइन मार्फत भुक्तानी हुने भएपछी सेवाग्राहीहरुलाई सहज हुनेमा विस्वास ब्यक्त गर्दै मन्त्री लम्सालले अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात ब्यबस्था कार्यालय पुग्नु पर्ने अबस्थाको अन्त्य गर्न र यातायात ब्यबस्था सेवा कार्यालयलाई डिजिटलाइजेसन गर्न ६/७ महिना अगाडिदेखि काम थालिएकोमा अबदेखि घरबाट नै सेवाग्राहीले सेवा पाउने बताए ।

‘‘यातायात व्यवस्था कार्यालयलाई सेवाग्राही मैत्री, पारदर्शी साथै ब्यवस्थित बनाउन र विशेषगरी रातिको समयमा पटके इजाजतको सेवा लिने र दिने बीच मानवीय दृष्टीले पनि सहज नहुन सक्छ, यस्तो अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुबैलाई सजिलो हुनेछ’’, उनले भने ।

घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको पनि उनले बताए । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनलाइनबाट पटकेकाे भुक्तानी गर्न सकिने भएपछि कार्यालयमा भीड कम हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गरिन् । उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेलले सहज ढंगले कर तिर्न पाउने जनताको अधिकार भएको बताए ।

अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटोकाे इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन र सो बापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्नेछन् । यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली ९टीएमआईएस० मार्फत जारी हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।


Read Previous

सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु

Read Next

महासंघ अध्यक्ष ढकालद्वारा एसियाली पूर्वाधार लगानी बैंकलाई नेपालमा लगानी गर्न आग्रह

Leave a Reply

Your email address will not be published.