Nepal Purbadhar

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024
उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै    पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक मुस्ताङको लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना, पश्मिना गुणस्तरमा उल्लेख्य योगदान पुग्ने बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु एमसिसी परियोजना अन्तर्गतको रातमाटे सबस्टेसन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीलाई मेलम्ची बाढीको ३ वर्ष: पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

जिवछ मण्डल विद्युत विकास विभागको नयाँ महानिर्देशक,चटौत मन्त्रालय फिर्ता


काठमाडौं । सरकारले जिवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेको छ । ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका मण्डल यसअघि विभागकै उपमहानिर्देशकको जिम्मेवारीमा थिए । उनले विभागको महानिर्देशक नियुक्त भएको पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट बुझिसकेका छन् ।

उनी २०५३ सालमा इन्जिनियरकाे रूपमा सरकारी सेवा प्रवेश गरेका थिए । विभागबाटै सेवा सुरु गरेका उनकाे २०७१ साल माघमा सहसचिव पदमा बढुवा भएकाे थियाे ।

उनलाई महानिर्देशक नियुक्त गरेसँगै चिरञ्जिवी चटौत मन्त्रालयमा तानिएका छन् । विभागको महानिर्देशकको जिम्मेवारीमा रही १७ महिना काम गरेका चटौतलाई फेरि मन्त्रालयमै फिर्ता बोलाइएको हो ।

उनी पम्फा भुसाल ऊर्जा मन्त्री भएका बेला २०७९ साल भदाैमा महानिर्देशककाे जिम्मेवारी सम्हाल्न विभाग गएका थिए ।


Read Previous

अमरपुर-ढुङ्गेसाँघु प्रसारण लाइनकाे निर्माण सुरु,आव २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य

Read Next

जलविद्युत विकासमा सरकार र निजी क्षेत्रकाे सहकार्य

Leave a Reply

Your email address will not be published.