Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

६ महिनामा ६ हजार बढी पर्यटक रारा पुगे


मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा ६ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७, सार्क तथा विदेशी मुलुकबाट १ सय ५६ गरी ६ महिनामा ६ हजार ७ सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको ६ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताए । उनले आन्तरिक मात्रै ६ हजार ५ सय ५७ जना पर्यटक यहाँ आएकाे जानकारी दिए । दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उनकाे भनाइ छ ।

याे अवधिमा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ । गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण ४ वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन् । भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन् ।

यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको संख्या नघटेको घिमिरेले बताए । विगतमा वर्षभरी आएकाभन्दा बढी पर्यटक चालू वर्षको ६ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५/१६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।  हिमपात भएमा हिउँ खेल्ने पर्यटक आउँदा यो संख्या  अझ बढ्ने निकुन्जले अनुमान गरेको छ ।

यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस ८ र बिहान तथा दिउँसो माइनस ५ डिग्री सेल्सियससम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिए । “यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन”, उनले भने ।


Read Previous

एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

Read Next

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध   

Leave a Reply

Your email address will not be published.