Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

काँकरभिट्टा-लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने   


मोरङ ।  पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने भएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंककाे ऋण लगानीकाे सडक स्तरोन्नति गर्न यति रुख काट्न लागिएकाे हाे ।

काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७.७७० किलोमिटर सडककाे मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उनले बताए ।  याे सडक खण्ड स्तराेन्नति गरी एसियन हाइवे मापदण्डको बनाइनेछ । याे  सडक स्तराेन्नति गर्न २८ अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएकाे छ ।

डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा ५ हजार पाँच सय ५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए । ५ वटै सव-डिभिजन वन कार्यालयबाट चार/पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ ।

सडक दुई खण्डमा ठेक्का लागेको छ । काकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ ।

ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ । ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७.७७०  किमीसम्म ५ वटा ठेक्का लागेको छ ।

निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन् । काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताए ।

तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ । सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ ।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेका छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरुपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए ।


Read Previous

तल्लो सेती जलविद्युत आयोजनाको जग्गा प्राप्ति प्रक्रिया अघि बढ्याे

Read Next

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Leave a Reply

Your email address will not be published.