Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

तनहुँ जलविद्युत आयोजनाकाे मुख्य सुरुङ निर्माण अन्तिम चरणमा   


तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १ हजार ४ सय ५६ मिटर लम्बाइकाे मुख्य सुरुङ खनेर सकिन लागेकाे हाे ।

अब २१० मिटर सुरुङ मात्रै खन्न बाँकी रहेकाे आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १    हजार २ सय ४६ मिटर खन्ने कार्य सम्पन्न भएकाे छ ।

सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको उनले बताए । दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको पनि उनले बताए ।

हालसम्म आयोजनाको आर्थिक प्रगति ४२ प्रतिशत  पुगेकाे छ । प्रत्येक महिना १ प्रतिशत कार्य प्रगति हुने गरेको शिल्पकारले जानकारी दिए । ३ वटा प्याकेजमा गरी दैनिक १ हजार ५ सय जना बराबरकाे जनशक्ति आयोजना निर्माणमा  परिचालन गरी काम तीव्र पारिएकाे उनले बताए ।

प्रसारण लाइनकाे निर्माण सुचारु

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणकाे काम भइरहेकाे छ । तर, वन क्षेत्रकाे नीतिगत समस्याका कारण प्रसारण लाइनकाे निर्माण कार्य विगत ६ महिनादेखि ठप्प हुन पुगेकाे थियाे ।

अहिले समस्या समाधानकाे प्रयासर गरी प्रसारण लाइन निर्माण कार्य पुनः सुचारु गरिएकाे शिल्पकारले जानकारी दिए । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेकाे छ ।

प्रसारण लाइन निर्माणकाे काम भारतकाे केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेकाे छ । याे कम्पनीसँग २०७५ पुस १० प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झाैता भएकाे थियाे । कूल ३४.७ किलाेमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७० वटा टावरको जग हालिएको छ । ३४ वटा टावर खडा गरिसकिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

रकममध्ये एसियाली विकास बैंकले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।


Read Previous

कर्णाली मार्गको कालीकोट-जुम्ला सडक खण्ड स्तरोन्नति हुँदै   

Read Next

३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी

Leave a Reply

Your email address will not be published.