Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी


काठमाडौं ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी पछिल्लाे ३ वर्षमा २ गुणाभन्दा बढीले वृद्धि भएकाे छ ।महालेखापरीक्षकको लेखापरीक्षणले निगमकाे आम्दानी बढेकाे देखाएकाे हाे ।

प्रतिवेदनअनुसार निगमले आर्थिक वर्ष २०७९/८०  मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ कूल आम्दानी गरेकाे छ । आम्दानीमा भएकाे याे वृद्धि पछिल्लाे ३ वर्षमा ११४ प्रतिशत भएकाे निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

महालेखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा निगमको कूल आम्दानी ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८ सय ४५ रुपैयाँ रहेकाेमा आव २०७८/७९ मा बढेर १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रुपैयाँ पुगेकाे थियाे ।

निगमकाे ३ वर्षकाे आम्दानी विवरण देखाइए पनि खर्चकाे विवरण उल्लेख गरिएकाे छैन । निगमले विगत ८ वर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ र आन्तरिकतर्फ २ जहाजबाट उडान भर्दै  आइरहेकाे छ । उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले जारी गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।

हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले जनाएकाे छ ।


Read Previous

तनहुँ जलविद्युत आयोजनाकाे मुख्य सुरुङ निर्माण अन्तिम चरणमा   

Read Next

काठमाडाैं महानगरले चैतमा सूचना प्रविधि सम्मेलन गर्ने

Leave a Reply

Your email address will not be published.