Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

विद्युत महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा,५० कराेड बक्याैता असुल


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा परेका छन् । प्राधिकरणले लामाे समयसम्म पनि खपत गरेकाे विद्युतकाे महसुल नतिरेपछि यी ग्राहककाे लाइन काटेर कारबाही गरेकाे हाे ।

पछिल्लाे समय लाइन काटी कारबाही गरेर ५० कराेड रुपैयाँ विद्युत बक्याैता असुल गरेकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरण अनुसार अहिले देशभरि अभियानकै रुपमा चलाएर जरिवाना सहितकाे बक्याैता असुल भइरहेकाे हाे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बाँकी बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए ।  असूलउपर गर्नुपर्ने विद्युत महसुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले दैनिक ग्राहकको लाइन काटिरहेका छन् ।

विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महसुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महसुल असूलउपर गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तीव्रताका साथ अगाडि बढाइने भएकाले समयमै महसुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकहरुलाई आग्रह गरे ।


Read Previous

अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र

Read Next

अदालतको आदेशपछि लेकसाइडका पर्यटन व्यवसायी उत्साहित   

Leave a Reply

Your email address will not be published.