Nepal Purbadhar

निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने


काठमाडौं ।  गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब  रूपैयाँ भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए ।

 


Read Previous

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सृजना गर्नुपर्नेमा उद्यमी व्यवसायीको जोड

Read Next

के छ काठमाडौंबाट बाहिरिने सडकको अवस्था ? उपत्यकाबाट बाहिरिने र आउने यात्रु संख्या २० लाख पुग्ने