Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

भारतमा स्टिलको भाउ उच्चै रहने


काठमाडौं । चालु आर्थिक वर्षमा भारतमा स्टिलको भाउ उच्चै रहने अपेक्षा गरिएको छ । विश्व अर्थतन्त्र सुस्ताइरहेको भएपनि भारतमा निर्वाचन आउनु अघि खर्च बढिरहँदा भाउ महँगै रहने क्राइसिल मार्कइन्टेलिजेन्सले बताएको हो ।

फ्ल्याट स्टिलको भाउ प्रतिटन ५९ हजार रुपया र लामो स्टिलको भाउ प्रतिटन ५६ हजार रुपया रहने अनुमान छ । भारतले चीनबाट आयात गरेको स्टिल ह्विल्समा अतिरिक्त शुल्क लगाएकै समयमा यो प्रतिवेदन आएको हो ।

लगातार तेस्रो वर्ष पनि भारतीय बजारमा स्टिलको माग दोहोरो अंकले बढ्ने क्रममा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महीनामा भाउ १३ प्रतिशतले बढिसकेको क्राइसिलले बताएको छ ।

चालु आवभर भने स्टिलको माग १० देखि १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आव २०२२ र २०२३ मा माग क्रमशः ११ दशमलव ४ प्रतिशत र १३ दशमलवप ४ प्रतिशतले बढे्को थियो । एजेन्सी


Read Previous

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

Read Next

ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

Leave a Reply

Your email address will not be published.